Sunday, January 24, 2021
Home > mophosala > सागमा निर्णायक गोल गरेका सुनिल बलको गृहजिल्लामा खुशियाली

सागमा निर्णायक गोल गरेका सुनिल बलको गृहजिल्लामा खुशियाली

म्ंसिर २४ हेटौडा,-दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको छ । नेपालका लागि खेलको १७ औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए।

खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएर बराबरीमा ल्याए। खेलको ५४ औं मिनेटमा सुनिल बलले हेडिङबाट गोल थपे।
सुनिलको गोल नै खेलका लागि अन्तिम गोल रह्यो।

निर्णायक गोल गरेका सुनिल बलको चर्चा अहलिे एकाएक उनको गृहजिल्ला मकवानपुर फैलिएको छ । बिभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा उनलाइ बधाइ दिनेको संख्या बढेको छ । हेटौडाबासीहरुले सुनिल बलको जितमा खुशी साटीरहेका छन ।

सन् १९९३ मा नेपालले साग फुटबलमा पहिलो पटक स्वर्ण पदक जितेको थियो। त्यो बेला टिमका खेलाडी रहेका बालगोपाल महर्जन अहिले प्रशिक्षकको भूमिकामा छन्। ।

पछिल्लो पटक सन् २०१६ को सागमा नेपालले भारतलाई पराजित गरेर स्वर्ण जितेको थियो। यो सागमा भने भारत सहभागी भएको थिएन ।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply