Tuesday, January 26, 2021
Home > mophosala > संसदको हिउँदे अधिवेशन बोलाउन सरकारकाे राष्ट्रपतिलाई सिफारिस

संसदको हिउँदे अधिवेशन बोलाउन सरकारकाे राष्ट्रपतिलाई सिफारिस

काठमाडौँ । आउँदो पुस ४ गतेदेखि संसदको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सिफारिस गरेको हो ।

केही समयअघि संसदको हिउँदे अधिवेशन बेलाउने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले उपभामुख शिवमाया तुम्बाहाङ्फेसँग छलफल गरेका थिए । सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले संसदको अधिवशेन बोलाउने संवैधानिक व्यवस्था छ ।

आगामी हिउँदे अधिवेशनमा प्रतिनिधिसभाको पहिलो कार्यसूची सभामुखको निर्वाचन रहेको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास आरोप लागेपछि पदबाट राजीनामा दिएपछि सो पद अहिले खाली रहेको छ ।

Leave a Reply