मोरङ । प्रमुख प्रतिपक्षिदल नेपाली काङग्रेसका महामन्त्री डा. शशंक कोइरालाले माेरङकाे पथरीमा एक कार्यक्रमा बाेल्दै वर्तमान सरकारले ठोस निर्णय निकाल्नुको सट्टा हावाको आसस्वन मात्र बाढेको आराेप लगायका हुन ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाको पथरी बजारमा जि.पि. कोइराला अध्ययन केन्द्रको आयोजनमा भएको “नेपालको संविधान कार्यान्वयनमा नेपाली कांग्रेसको भुमिका” विषयक खुल्ला सभाको सम्बोधन गर्दै कोइरालाले यस्ताे बाेलेका थिय ।
कार्यक्रमा नेता कोइरालाले जनमुखि काम नगरी सरकारले ठोस निर्णय नल्याई हावा दारी पानी जहाज र रेलको कुरा ल्याएको भन्दै खेति योग्य जमीन र सिचाईको योजना बिर्शिएको बताए ।
१७ हजार हेक्टर जमिन बाजो छ । ९ करोड जनतालाई धान्ने जमिन बाजो रहेको भन्दै उत्पादन बढाई निर्यात गर्न सके रेल र पानी जहाजको कुरा सुहाउने कोईरालाकाे भनाई थियाे ।
कार्यक्रममा बोल्दै नेपाली काङग्रेसका केन्द्रीय सदस्य तथा संसद डा. मिलेन्द्र रिजादले अब काङग्रेसले नया जेम्मेवारी सम्माल्नु पर्ने बताएका छन । उपनिर्वाचनको पछिल्लो परिणामले याे कुराकाे संकेत गरेकाे डा. रिजालले बताए ।
रिजालले भने गिरिजा बाबकुले देखाएको बाटो सहि भएको भन्दै हिजो जंगलमा रहेको माओबादीलाई हिंसाको बाटो छोडी जनतासामु ल्याएकोले बिप्लबलाई पनि हिंसाको बाटो छोड्न आग्रह गरेका थिय ।
केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्राधनमन्त्रिको स्वास्थ्यका कारण देश अनिर्णियको बन्दी बनेको दावी गर्दै भारतले नेपालको सिमा मिच्दा पनि यो सरकारले कुनै प्रतिकृया नगरेको बताए ।
पुर्व एमालेको गढका रुपमा चिनिएको यस क्षेत्रमा दोहोरो स्वामित्व, सुकुम्वासी समस्या लाई चुनावी प्रचार बनाएर जनता झुक्याउदै आएको ले अव त्यसको पछि नलाग्न जनतालाई काग्रेसका स्थानिय नेता डा. सुनिल शर्माले आग्रह समेत गरेका छन् ।
जिपि कोइराला अध्ययन केन्द्रका अध्यक्ष सुविन पराजुलिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा र अन्य पार्टी परित्याग गरि २ दर्जन भन्दा बढी कार्यकर्ता काग्रेस प्रबेश गरेका छन ।