काठमान्डाै । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले बक्सिङबाट पहिलो स्वर्ण जितेको छ । नेपालकी मिनु गुरुङले ५४ केजी तौल समूहमा भारतीय बक्सरलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्।
आज सम्पन्न फाइनल भिडन्तमा मिनुले भारतकी प्रतिसप्रधि शिक्षालाई अंकको आधारमा पराजित गरेकि हुन। योसँगै नेपालको स्वर्ण संख्या तालिकामा ४६ पुगेको छ।
यसअघि ४८ केजी तौल समूहमा नेपालकी ललिता महर्जनले स्वर्ण जित्नबाट चुकेकी थिइन् । उनलाई भारतकी प्रतिसप्रधि श्रीरिभाषनले पराजित गरेकी थिइन् ।