Monday, January 18, 2021
Home > mophosala > स्कूल ब्याग बनाउने कारखानामा भीषण आगलागीः ३५ को मृत्यु, ५० बढीको उद्धार

स्कूल ब्याग बनाउने कारखानामा भीषण आगलागीः ३५ को मृत्यु, ५० बढीको उद्धार

भारतको नयाँ दिल्लीस्थित एक कारखानामा आइबार बिहान आगलागी हुँदा ३५ को मृत्यु भएको छ । दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० बढी व्यक्तिलाई बाहिर निकालिएको जानकारी दिएका छन् ।

धेरैजसो मानिसहरु धुँवाका कारण प्रभावित भएको उनले बताए । डिप्युटी फायर चीफ अफिसर सुनिल चौधरीले भने, ‘आगो ६ सय स्क्वायर फिटको जग्गामा लागेको हो । यो एक कारखाना हो । त्यहाँ स्कूल ब्याग, बोतल र अन्य सामग्री राखिएका थिए । ’

केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीट गरे, ‘तत्काल आवश्यक कदम उठाउन समस्त सम्बन्धित विभागलाई निर्देशन दिइएको छ ।’

डाक्टरको समूहले घाइतेको उपचार  गरिरहेको छः

दमकल विभागका अनुसार आगो आइतबार बिहान ५ बजेर २२ मिनेटमा लागेको हो । ३० वटा दमकल आगो निभाउनका लागि घटनास्थलमा उपस्थित छ । यस्तै, लोकनायक अस्पतालका डाक्टर किशोर कुमारले अहिलेसम्म १४ जनाको शव भेटिएको र डाक्टरको समूहले लगातार घाइतेको उपचार गरिरहेको जानकारी दिए ।

एजेन्सी

 

Leave a Reply