Friday, January 15, 2021
Home > mophosala > संगीता धामीकाे स्वर्ण सहित नेपाललाई स्वर्ण संख्या ४३ पुग्याे

संगीता धामीकाे स्वर्ण सहित नेपाललाई स्वर्ण संख्या ४३ पुग्याे

काठमाडौँ  । जारी दक्षिण एसियाली खेलकुद सागको कुस्तीमा महिला तर्फ नेपालले ऐतिहासिक स्वर्ण जितेको छ । कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छन् ।

जनकपुरमा भएको कुस्तीका प्रतिस्पर्धामा नेपालले महिला ५५ केजीमा स्वर्ण जितेको हो । यसअघि शुक्रबार नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो । संगिताले बंगलादेशी खेलाडी सारकिर रिनलाई फाइनलमा पराजित गरिन । यससँगै नेपालको स्वर्ण संख्या ४३ पुगेको छ ।

Leave a Reply