Monday, January 18, 2021
Home > mophosala > एथ्लेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्रलाई स्वर्ण

एथ्लेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्रलाई स्वर्ण

काठमान्डाै । जारी  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन्। पार्कीले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गरे।

दोस्रो स्थान भारतीय धावकले हात पारे। भारतका सुनील धावरले १४ मिनेट ५५.२१ सेकेन्डमा दौडिए। सुनीलले अग्रता लिइरहेको अवस्थामा गोपीले अन्तिम अवस्थामा दौड जितेका हुन्।

कास्य पदक पनि नेपालकै धावकले हात पारे। नेपालका हरिकुमार रिमालले निर्धारित दुरी १४ मिनेट ५७.०५ सेकेन्डमा पूरा गरे। योसँगै नेपालको स्वर्ण पदकको खातामा ३७ स्वर्ण पदक पुगेको छ ।

Leave a Reply