पोखरा । सावित्रा भण्डारी ‘साम्बा’को हृयाटि्रकसँगै नेपालले माल्दिभ्सलाई हराएको छ र, १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला फुटबलको फाइनलमा पुगेको छ ।
अब नेपालले स्वर्णका लागि भारतसँग खेल्नेछ । यद्यपि त्यसअघि समूह चरणको अन्तिम खेलमा पनि नेपाल र भारत नै भिड्नेछन् ।बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले हराएको हो ।