Monday, January 25, 2021
Home > mophosala > सुस्मिताले बंगलादेश र श्रीलंकालाई पछि पार्दै जितिन स्वर्ण याे संगै नेपाललाई १७ स्वर्ण

सुस्मिताले बंगलादेश र श्रीलंकालाई पछि पार्दै जितिन स्वर्ण याे संगै नेपाललाई १७ स्वर्ण

काठमान्डाै । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा उसुमा सुरुवती दुई विधामै स्वर्ण जितेको छ। नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला  छानछ्वानमामा स्वर्ण जितेको हो।

महिलामा सुस्मिता तामाङले ९.४४ अंक ल्याएर स्वर्ण जितिन्। जारी सागमा नेपालको यो १७औं स्वर्ण हो। सुस्मिताले  बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पारिन्।

दोस्रो भएकी श्रीलंका वातसालाले ८.८५ र तेस्रो भएकी बंगलादेशकी नुर बाहेर बेगमले ७.३५ अंक प्राप्त गरिन्। यसअघि नेपालका विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका थिए।

उनले सहभागी पाँच खेलाडीलाई पछि पारे।उनले ९.४८ अंक ल्याए। दोस्रो भएका बंगलादेशका मोहमद ओमारले ९.३४ अंक र तेस्रो भएका भारतका अन्जुलले ९.१६ अंक प्राप्त गरे। सिञ्जाली १२औं सागका रजत विजेता हुन्।

Leave a Reply