Sunday, January 17, 2021
Home > mophosala > खेमराजले दिय नेकपाबाट जितेकी विद्या भट्टराईलाई बधाई

खेमराजले दिय नेकपाबाट जितेकी विद्या भट्टराईलाई बधाई

कास्कि । कास्की-२ मा पराजित भएपछि नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले जित हात पारेकी नेपाल कम्युनिष्ट पार्टीकी विद्या भट्टराईलाई बधाई दिएका छन्।

उनले ट्वीटरमा भनेका छन्- सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयोजुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन। म ईमानदार रहनेछु कास्कीको म प्रत्येक मतअनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितेंमत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ। विजयी नानीलाई हृदयले बधाई-राम्रो गर्नु।

शनिबार भएको उपनिर्वाचनमा भट्टराईले कांग्रेस उम्मेद्वार पौडेललाई ८ हजार मतान्तरले पराजित गरेकी हुन्। भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गरेकी छन्। जबकी पौडेलले १५ हजार ९ सय ९१ मत मात्र पाए।

त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत प्राप्त गरे। राप्रपाका रमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत पाउँदा साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत प्राप्त गरिन्। विवेकशील पार्टीकी जमुना शर्माले मात्र ७७ मत प्राप्त गरिन्।

Leave a Reply