Thursday, January 21, 2021
Home > special_one > नेपाली कांग्रेसमा तत्काल केन्द्रीय समिति बोलाउन माग

नेपाली कांग्रेसमा तत्काल केन्द्रीय समिति बोलाउन माग

काठमाडौं । नेपाली कांग्रेसमा लामो समय सम्मपनि पार्टीको केन्द्रीय समितिको बैठक नबसेपछि तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गरिएको छ । गएको मंसिरको पहिलो साता केन्द्रीय समितिको बैठक बसेपछि फेरि अर्को केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टीका नेताहरुले आ आफ्नो धारणा सार्वजानिक कार्यक्रममा बोल्दै हिडेको तथा पार्टीको आधिकारिक धारणा तय हुन नसकेपछि तत्काल केन्द्रीय समितिको बैठक माग गरिएको हो । पछिल्लो समयमा केन्द्रीय सदस्य मात्र नभई महामन्त्री डा सशाँक कोइरालाले समेत पार्टी केन्द्रीय समितिको माग गरेका छन् । महामन्त्री डा सशाँक कोइरालाले शनिवार विहान सभापति शेरबहादुर देउवालाई भेटेर केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका हुन ।

सभापति देउवाको निवासमा पुगेर महामन्त्री कोइरालाले पार्टीलाई पुर्णता दिने तथा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्नका लागि केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका हुन । महामन्त्री कोइरालाले सभापतिसंगको भेटका बारेमा भने– ‘ शनिवार मात्रै मैले सभापतिलाई भेटेको हो । मलाई अब छिट्टै यो पार्टीको बिषय टुंगो लगाउछु भन्नेभयो । मलाई ढिलो भइसक्यो अब किन ढिला भनेर पनि सोधे उहाँले अब आफुले सवै बिषय टुंगो लाग्ने बताए । त्यती मात्र होइन यति धेरै राष्ट्रका महत्वका बिषय छन्, केन्द्रीय समिति पनि बस्नुप¥यो भनेको छु । चुनाव आउन लागेको छ । सवै बिभाग गठन गर्नुप¥यो यी सवै बिषयमा छलफल भएको छ । सभापति जीले छिटै गर्छु भन्नुभएको छ ।

पछिल्लो समयमा केन्द्रीय नेताहरुले संविधान संसोधन र स्थानिय निर्वाचनका बारेमा समेत आ आफ्नो धारणा सार्वजानिक मञ्चमा भन्दै आएकाले पार्टीको आधिकारिक धारणा तय गर्नका लागि तत्काल केन्द्रीय समितिको बैठक आवश्यक रहेको नेताहरुले बताउदै आएका छन् । कांग्रेसका केहि नेता संविधान संसोधनपछि मात्र स्थानिय निर्वाचनको मिति घोषणा हुनुपर्ने भन्दै आएका छन भने केहि नेता पहिला स्थानिय निर्वाचन घोषणाको माग गर्दै आएका छन् । भिन्न भिन्न नेताका भिन्न भिन्न धारणा आउदा पार्टीका कार्यकर्ताहरुमा समस्या भएकाले तत्काल पार्टीको आधिकारिक धारणाका लागि केन्द्रीय समितिको बैठक आवश्यक भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए । त्यती मात्र होइन स्थानिय तहको निर्वाचन कि स्थानिय निकायको निर्वाचन भन्नेमा समेत कांग्रेस नेताहरु एकमत छैनन् ।

Leave a Reply