Sunday, January 24, 2021
Home > mophosala > गोरुगाडा चढेर चिसाे छिचाेलदै भाेटहाल्छन जनता नेताभने आफ्नै सुरसारमा

गोरुगाडा चढेर चिसाे छिचाेलदै भाेटहाल्छन जनता नेताभने आफ्नै सुरसारमा

बर्दिवास । उपनिर्वाचन अन्तर्गत महोत्तरीको बलबा नगरपालिकाको दुईवटा वडामा शनिबार बिहानदेखि मतदान भइरहेको छ । वडा नम्बर २ र ८ मा वडाअध्यक्ष पदका लागि मतदान भएको हो ।

बिहान कुहिरो लागेको भएपनि मतदाताहरु आफ्नो जनप्रतिनिधि चुन्न मतदान केन्द्र पुगेका हुन् । चिसो बढेको भए पनि बिहानै मतदान केन्द्रमा मतदाताको घुइँचो लागेको छ ।
बलवा नगरपालिकामा रहेको जनता राष्ट्रिय प्राथमिक विद्यालय धमौरा, बनौटामा राखिएको  मतदान केन्द्रमा सोही नगरपालिका–२ सरहन्चिया गाउँका केही बासिन्दा गोरु गाडामा चढेर मतदान केन्द्र पुगेका हुन् । मतदानका दिन सवारी साधन सञ्चालन निषेध भएकाले महिला तथा वृद्धवृद्धाले गोरुगाडा प्रयोग गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयले मतदानको दिन सवारी साधन चलाउन रोक लगाएपछि गाउँघरमा प्रचलित गोरुगाडा चढेरै मतदानका लागि हिँडेको स्थानीयको भनाइ छ ।

 

Leave a Reply