Monday, January 18, 2021
Home > mophosala > १३ औं सागमा नेपाल महिला भलिबल टिम सेमिफाइनलमा प्रवेश

१३ औं सागमा नेपाल महिला भलिबल टिम सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपालमा चलिरहेकाे १३ औं साग खेलकुद प्रतियाेगितामा नेपाल महिला टिम भलिबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

भारतले बंगलादेशमाथि २५–८, २५–११, २५–९ को जित निकालेको थियो । समूह ‘ए’ मा रहेको नेपाल उपविजेता बन्यो । भारत विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । भारतले नेपाल र बंगलादेशलाई हराएको थियो । नेपालले भने बंगलादेशलाई हराएको थियो ।

लगातार दुई हारसँगै बंगलादेश समूह चरणबाट बाहिरएको छ । नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । जसमा श्रीलंका र माल्दिभ्समध्ये एक टोली नेपालको प्रतिदाेन्दि हुनेछ ।

Leave a Reply