Sunday, January 24, 2021
Home > mophosala > नेकपाकाे कार्यसैलीलाई चेतावनिदिन कांग्रेस उम्मेदारले जित्नुपर्छः यूवानेता कुमाल

नेकपाकाे कार्यसैलीलाई चेतावनिदिन कांग्रेस उम्मेदारले जित्नुपर्छः यूवानेता कुमाल

बाग्लुङ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका यूवा नेता नागेन्द्र कुमालले वर्तमान नेकपा सरकारकाे गतिविधिका कारण जनता वाक्कदिक्क भैसकेकाले उपनिर्वाचनमा कांग्रेसको जित हुने विश्वास व्यक्त गरेका छन् ।

बाग्लुङ बडिगाउँ गाउँपालिका खर्वाङमा घरदैलो कार्यक्रमा सहभागीता जनाउँदै संविधान सभाका पूर्व सांसद तथा कांग्रसका प्रभावशाली यूवा नेता कुमालले यस्तो बताएका हुन् ।

यहि मंसिर १४ गते हुने उपनिर्वाचनमा बडिगाउँ गाउँपालिका खर्वाङ २ मा वडा अध्यक्षको निर्वाचन हुँदैछ । उनले आफ्ना उम्मेद्वारलाई जिताउन आग्रह गर्दै मतदाताहरुलाई रुखमा मतदान गर्न प्रशिक्षण समेत गरेका थिए ।

उनले वडाको निर्वाचनमा सवै एक मत भएर आफ्ना उम्मेद्धारलाई विजयी गराउन कार्यकर्तालाई निर्देशन समेत दिए । उक्त कार्यक्रममा बाेल्दै कुमालले नेकपा सरकारकाे कार्यसैलीलाई चेतावनि दिन समेत कांग्रेस उम्मेदारले जित्नु पर्ने उनकाे जिकिर छ । 

Leave a Reply