Thursday, January 21, 2021
Home > mophosala > फौजदारी मुद्दाका आरोपी मेजर राजेन्द्र प्रधानमन्त्री ओलीका एडीसी

फौजदारी मुद्दाका आरोपी मेजर राजेन्द्र प्रधानमन्त्री ओलीका एडीसी

काठमाडौँ । फौजदारी मुद्दाका आरोपी मेजर राजेन्द्र शाहीलाई प्रधानमन्त्री ओलीले आफ्नाे एडीसी बनाएका छन् । शाही गत कात्तिक १५ मा सामाखुसीस्थित साथीको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका थिय ।

शाही माथि जुवा मुद्दा प्रहरीले चलाएकोमा काठमाडौंका सीडीओ जनकराज दाहालले कात्तिक २६ गते मेजर शाहीलाई २० हजार धरौटीमा छाड्ने आदेश दिएका थिय ।

धरौटीमा रिहा भएलगत्तै मेजर शाहीलाई प्रधानमन्त्री ओलीले पुनः एडीसीको रुपमा राखेका हुन् । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सरकारी कोषबाट तलव खाने र सुविधा लिने कोही कुनै पदमा छ भनेपनि त्यो निलम्बन हुनेछ ।

फौजदारी अभियोगमा अदालतले तारेखमा राखेको व्यक्तिलाई आफ्नो एडीसीको रुपमा राख्नु न्यायपालिकाको अवज्ञा त हो नै न्याय प्रक्रियामा हस्तक्षेप हो । शाही दोषी ठहर त भइसकेका छैनन् तर फौजदारी अभियोगका अभियुक्त भने हुन् ।

फौजदारी मुद्दा चल्नेबित्तिकै अभियुक्त कुनै पदमा भए पनि निलम्वित हुन्छ । फौजदारी कसुरमा मुद्दा चलेर तारेखमा छोडेको भरमै पुनः प्रधानमन्त्रीका एडीसीको रुपमा फर्किनु कति न्यायोचित छ ? प्रश्न उठेको छ ।

 

Leave a Reply