काठमाडौं मंसिर १२ नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसका इकाई अध्यक्ष सरोज तिमल्सिना लगायतका नेतहरुलाई हिजो मीनभवन क्याम्पसमा पिकनिकको बिषयलाई लिएर बिवाद हुदा सत्तारूढ दलको भातृसंगठन अनेरास्ववियुका केही नेताहरूले खुकुरी प्रहार गरेर घाईते बनाएका छन।
खुकुरी प्रहारबाट घाइते तिमल्सिनालाई भेट्न बि एन बि हस्पिटल पुगेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले विद्यार्थीको मुकुन्डो लगाएर हतियार बोकेर क्याम्पस छिर्ने र क्याम्पसमा खुकुरी प्रहार गर्ने गुन्डालाइ कानुनी दायरामा ल्याउन सरकार सँग माग गरेका छन। आफ्ना विद्यार्थी नेताहरू माथी खुकुरी प्रहार भएपछि नेपाल विद्यार्थी संघका नेता दुजाङ शेर्पाको नेतृत्वमा बानेश्वरमा बिरोध र्याली पनि भएको थियो, उक्त बिरोध र्यालिमा प्रहरीले लाठीचार्ज गरेर नेता शेर्पालाई गिरफ्तार गरेको छ।
महतले विद्यार्थी नेतामाथी खुकुरी प्रहार हुदा त्यसको बिरोधमा निकालिएको बिरोध र्यालिमा प्रहरीले गरेको दमन प्रती पनि आपत्ती जनाए। महतले हस्पिटल बाटै नेपाल प्रहरीका भ्याली इन्चार्ज उत्तम राज सुबेदीलाई फोन गरेर प्रोटेस्टमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता दुजाङ शेर्पालाई लाठीचार्ज गरेर किन नियन्त्रणमा लिएको भन्दै आक्रोश पनि व्यक्त गरे। तपाईंहरु खुकुरी हान्नेहरुलाई पक्रन सक्नु हुन्न, खुकुरी हानेको बिरोध गर्नेहरुलाई पक्राउ गर्नु हुन्छसुबेदी? यो कस्तो पद्धति हो भनेर भ्याली इन्चार्ज उत्तम राज सुबेदिलाई सहमहामन्त्री महतले प्रश्न पनि गरे।