काठमाडौँ । लामाे समय देखि निमाेनियाँ बाट पिडित वरिष्ठ पत्रकार विनयकुरमार कसजूको निधन भएको छ । कसजु नेपालकाे पत्रकारीता जगतका एक अभिभाबग थिए ।
निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता रोगबाट पीडित कसजूको उपचारको क्रममा राजधानीको मेडिसिटी अस्पतालमा मंगलबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पाल्पाको तानसेनमा जन्मिएका उनी राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष समेत हुन् । कसजूले राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य, अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा समेत सेवा गरेका थिए।