Tuesday, January 26, 2021
Home > mophosala > नयाँवानेश्वरमा चिकित्सक जोशीलाई ठक्कर दिनेगाडि रामेछापमा पक्राउ

नयाँवानेश्वरमा चिकित्सक जोशीलाई ठक्कर दिनेगाडि रामेछापमा पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आईतवार विहान मर्निङवाकमा हिनेका सिभिल अस्पतालका चिकित्सक प्रभु जोशीलाई ठक्कर दिएर भागेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रामेछापबाट बा४ख ६१४ नम्बरको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले गाडी नियन्त्रणमा लिइएको पुष्टि गरे पनि पक्राउ परेका व्यक्तिको नाम खुलाएनन् ।

‘सीसी टीभी फुटेजको हेर्दा डाक्टरसँग उक्त बस क्रस भएको देखिन्छ’, उनले अनलाइनखबरसँग भने । स्रोतका अनुसार पक्राउ परेका सवारी चालकले भने दुर्घटना गराएको अस्वीकार गरेका छन् ।

यद्यपि, बस्तुस्थितिले उनकै गाडी घटनामा संलग्न भएको देखिने प्रहरी बताउँछ । आइतबार बिहान मर्निङ वाकमा हिँड्ने क्रममा अज्ञात सवारी साधनको ठक्करबाट जोशीको मृत्यु भएको थियो ।

Leave a Reply