Sunday, January 24, 2021
Home > mophosala > सुल्कवृद्दि फिर्ता नगर्दा त्रीचन्द्रका प्रमुख माथि विद्यार्थीको हातपात

सुल्कवृद्दि फिर्ता नगर्दा त्रीचन्द्रका प्रमुख माथि विद्यार्थीको हातपात

काठमान्डौ । क्याम्पसले विविध विषयमा लिदैआयको सुल्क वृद्दि तत्काल फिर्ता मागेका विधार्थीहरुले शुल्क वृद्धि फिर्ता नगरेको भन्दै त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई कुटपिट गरेका छन् ।

सोमबार विहान कलेज परिसरमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र नेकपा निकट अनेरास्ववियूका विद्यार्थीहरुले न्यौपानेलाई कुटपिट गरेका हुन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार कलेज प्रमुख न्यौपानेलाई उपचारको लागि वीर अस्पताल लगिएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले २ जना विद्यार्थीलाई पक्राउ गरिएको र घटनाको अनुसन्धान भईरहेको डिएसपी बोगटीले बताय ।

Leave a Reply