Tuesday, January 19, 2021
Home > mophosala > पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतवार प्रदेश नम्बर ५ को भ्रमणमा जांदै

पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतवार प्रदेश नम्बर ५ को भ्रमणमा जांदै

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतवार प्रदेश नम्बर ५ को भ्रमणमा निस्कने भएका छन् । पूर्वराजा शाहका संवाद सचिव फणि पाठकका अनुसार उनी आगामी आइतवार निजी भ्रमणको सिलसिलामा भैरहवा जान लागेका हुन् ।

शाहले प्रदेश नम्बर ५ को अस्थायी राजधानी भैरहवालाई मुकाम बनाएर त्यसआसपासको जिल्लाको भ्रमण गर्ने बताइएको छ ।
आगामी हप्ता निजी भ्रमणको सिलसिलामा पूर्वराजा पश्चिमको भैरहवा सवारी होइबक्सदै छ’ पाठकले भने, ‘भ्रमणसम्बन्धी थप कार्यक्रम तय हुन बाँकी छ। ’

स्रोतका अनुसार भ्रमणमा पूर्वरानी कोमलको सहभागिता हुनेछैन । सो भ्रमणका क्रममा उनले विभिन्न मठ मन्दिरको भ्रमण गर्नुका साथै राजवादीहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ । उनी करिब २ साता त्यहाँ रहने बताइएको छ ।

बेलाबेलामा जिल्ला भ्रमणमा निस्किएर आफ्नो सक्रियता बढाउँदै आएका पूर्वराजाले विगतकै जस्तो प्रचलनलाई यसपटक पनि निरन्तरता दिएका हुन् ।

अघिल्लो सातामात्रै राजधानीको एक क्लबमा राजपरिवारका अन्य सदस्यसहित पूूर्वराजा देखिएका थिए । उनी नाइट क्लबमा पुगेको विषयले निकै चर्चा पनि पाएको थियो ।

Leave a Reply