काठमान्डाै । काठमान्डाैकाे वानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशी सधैँझै आइतवार विहान पनि मर्निङ वाकका लागि अस्पताल परिसरबाट हिँडे। तर अरू दिनझैं उनी मर्निङ वाक सकि उनकाे घर फर्किन पाएनन्।
सवा छ बजेतिर संसद भवनको दक्षिण गेट अगाडि उनलाई एउटा गाडीले ठक्कर दियो। सबेरै भएकाले मान्छे त्यति धेरै थिएनन्। जोशीलाई ठक्कर दिएर गाडी भाग्यो।
‘उनलाई कुन गाडीले हान्यो भन्ने खुल्न सकेको छैन। प्रहरीले खोजिरहेको छ,’ ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका हवल्दार दीपेन्द्र शाहीले भने। ७२ वर्षीय जोशी एनेस्थेसियाका डाक्टर थिए।