काठमाडौं। नेेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले चयन गरेका नयां मन्त्रीहरु मध्य एक जना त्यस्ता नेता पनि परेका छन् जसले कर्तब्य ज्यान मुद्धामा अदालतमा मुद्धा खेपिरहेका छन् ।
उनको सोही मुद्धामा मंसिर २४ गते पेसी समेत परेको छ । मंसीर २४ गते अदालत जाँदा उनी मन्त्रीको झण्डा हल्लाउँदै अदालत जाने भएक छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नियुक्त भएका पार्वत गुरुङ कर्तब्य ज्यान मुद्धा अदालतमा खेपिरहेका छन् ।
उनी ३० दिन अघि काठमाडौं जिल्ला अदालतबाट साधारण तारेखमा छुटेका थिए। उनीविरुद्ध पार्टीकै कार्यकर्ता वीरुध्वज खड्काले अदालतमा मुद्धा दायर गरेका हुन् । खड्काले दिएको किटानी जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि सांसद गुरुङ कात्तिक ३ गते अदालतमा हाजिर भएका थिए।
उनलाई अदालतले साधारण तारेखमा रिहा गरेको हो । तर उनको मुद्धा भने चलिरहेको छ । उनी विरुद्ध वैशाख २९ गते मुद्दा दर्ता भएको हो। जसमा ७ जना फरार देखिएपछि अदालतले गुरुङ सहितका प्रतिवादी विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।
अदालतले सांसद गुरुङ,थामीसहित मीनबहादुर तामाङ, कारसाङ भन्ने कर्ण तामाङ, जीवन तामाङ, सागर तामाङ र सविन तामाङ विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। सबै प्रतिवादी अदालतमा उपस्थित भै सकेकाले अब अदालतको कार बाही प्रक्रिया अर्को चरणमा पुगेको हो।