Tuesday, January 19, 2021
Home > mophosala > भक्तपुरमा कम्युनिष्टलाई लाग्यो ठूलो झट्का, राप्रपाले कांग्रेसलाई सघाउने

भक्तपुरमा कम्युनिष्टलाई लाग्यो ठूलो झट्का, राप्रपाले कांग्रेसलाई सघाउने

काठमान्डौ । भक्तपुर १ (क)मा आगामि मंसिर १४ गते हुन लागेको प्रदेश सभाको उपनिर्वाचनमा राप्रपा (संयुक्त)ले नेपाली कांग्रेसलाई सघाउने भएको छ । राप्रपा संयुक्तले कांग्रेस उम्मेदवार कृष्णलाल भँडेललाई सघाउने भएको हो ।

मंगलबार चाँगुनारायण स्थित कांग्रेस उम्मेदवार कृष्णलाल भडेलको निवासमा नेपाली कांग्रेस र राप्रपा (संयुक्त)का नेताहरुवीच वार्ता भएको थियो। सो वार्तामा कांग्रेसको तर्फबाट उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशाकं कोइराला, तरुण दलका पूर्व अध्यक्ष तथा कांग्रेस महासमिति सदस्य विनोद कायस्थको सहभागी थिए ।

राप्रपा (संयुक्त)बाट तर्फबाट पूर्व मन्त्री तथा केन्द्रीय सदस्य दिनेश श्रेष्ठ, केन्द्रीय सदस्य तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय अध्यक्ष रविन्द्र प्रताप शाह लगायतका नेताहरुको उपस्थिति थियो।

अघिल्लो निर्वाचनमा राप्रपाबाट शाहले यस क्षेत्रमा चुनाव लडेका थिए। उनले करिब ५ हजार ८ सय भोट ल्याएको थियो। त्यसैले यो भोट भक्तपुर १ (क) मा निर्वाचन हार्न र जित्न निर्णायक भोट मानिन्छ।

यस क्षेत्रमा राप्रपा (संयक्त) बाट उम्मेदवारी दिएका रामशरण लामिछानको उम्मेदवारी खारेज भएको छ। समानुपातिकको बन्द सूचिमा लामिछानको नाम परेको कारण निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको छ।

साभार मिडिया डवली

Leave a Reply