Monday, January 18, 2021
Home > mophosala > भातृसंगठन नेतृत्व विहिन मै चलिरहंदा तरुण दल पनि पर्यो तेहिखाल्डोमा

भातृसंगठन नेतृत्व विहिन मै चलिरहंदा तरुण दल पनि पर्यो तेहिखाल्डोमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्थाहरु नेतृत्व विहिन भयर चलिरहेको वेला तरुण दल  पनी  नेतृत्वविहीन बनेको छ ।

२०७३ मंसिर २ मा पोखर महाधिवेशन बाट भागबन्डाका आधारमा घोषणा गरिएको ४ सदसिय कार्यसमिति विस्तार नै नभई कार्यकाल सकिएको छ । महाधिवेशनमार्फत नयाँ कार्यसमितिसमेत चयन भएको छैन ।

पार्टि अध्यक्ष देउवा निकट जितजंग बस्नेत अध्यक्ष रहेको कमिटिमा वरिष्ट नेता पौडेल पक्षबाट भुपेन्द्र जंग शाही महासचिव बनाइएको समितिमा उपाध्यक्ष उत्तम चापागाईं र कोषाध्यक्ष विद्वान गुरुङ थिए ।
उपाअध्यक्ष चापागाई भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट हुन् । पार्टि नेतृत्वको निस्कृयताका कारण कार्यसमिति विस्तार हुन सकेको थिएन ।

विधानअनुसार दलको कार्यसमिति ९९ सदस्यीय बन्नुपर्थ्यो । ‘हामीले तरुण दल विस्तार गरिदिनका लागि धेरैपटक नेताहरूलाई गुहार्‍यौं तर कहिल्यै सहमति जुटेन, न त हामीलाई गठन गर्न अधिकार दिइयो,’ दलका एक पदाधिकारीले भने, ‘कार्यसमिति विस्तार नहुँदा महाधिवेशनसमेत गर्न सकिएन ।’

पछिल्लोपटक अध्यक्ष बस्नेत र महासचिव शाहीबीच द्वन्द्वसमेत चर्किएको थियो । पार्टी हितविपरीत काम गरेको भन्दै बस्नेतले शाहीलाई र शाहीले बस्नेतलाई निष्कासन गरेको घोषणा गरेका थिए । अध्यक्ष बस्नेतले ६ महिनाको म्याद बढाउन सकिने भन्दै ५ महिनाभित्र दलको महाधिवेशन गर्ने बताए ।

Leave a Reply