Tuesday, January 19, 2021
Home > special_one > कार्यकाल सकीएपछि भुपेन्द्रका कुरा:-‘केही कमजोरी भए होलान, केही सिक्ने मौका पाएँ, थप सचेत छु’

कार्यकाल सकीएपछि भुपेन्द्रका कुरा:-‘केही कमजोरी भए होलान, केही सिक्ने मौका पाएँ, थप सचेत छु’

काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको तीन बर्षीय कार्यकाल केन्द्रिय कार्यसमिति बिस्तार विना नै आइतबार अर्थात मंसिर १ गतेबाट सकिएको छ । केन्द्रिय कार्यसमितिले महाधिवेशन गरी नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेमा तरुण दलको ९५ सदस्यीय कार्यसमिति बिस्तारै नभई चार जनामा समिति रहेर टुंगिएको हो ।

महासचिव भूपेन्द्रजंश शाहीले विगत ३ बर्षमा रचनान्मक, सृजनात्मक र वैचारिक ढंगबाट तरुण दललाई अगाडि बढाउन प्रयास गरिएता पनि तरुण दललाई युवाहरुको आशा र भरपर्दो केन्द्र बनाउन गरिएको प्रयास असफल भएको बताए । उनले भने,’जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला, सातै प्रदेशमा तरुण प्रशिक्षण, विरोध सभाजस्ता कार्यक्रमहरु सम्झन योग्य रहे । तर कार्यकालको अन्तिममा नचाहाँदा नचाहिँदै आन्तरिक द्धन्द्धले मन खिन भयो । तरुण दललाई प्रभावकारी बनाउन मैले बारम्बार जोडबल गरे तर सम्भव भएन ।’

उनले मुलुकमा बढ्दो भ्रष्टाचार विरुद्ध ‘भ्रष्टाचार मुक्त नेपाल, सुशासन युक्त नेपाल,’ १० हजार युबालाई स्वरोजगार बनाउन ‘उद्यमशील युवा, सृजनशील युवा अभियान,’  ‘एक घर, एक तरुण अभियान,’ कम्यूनिष्टहरुको अधिनायकवादका विरुद्ध ‘एक लाख युवाले सिंहदरबार घेराउ’, अभियान तथा कार्यक्रम गर्न आफूले प्रस्ताव गरेता पनि नेतृत्वका कारण सफल हुन नसकेको बताए ।

उनले भने,’मैले कार्यसमिति विस्तार, समयमै महाधिवेशन र तरुण दललाई एकताबद्ध बनाएर संगठन सशक्त बनाउन कोशिस गरे । तर मेरो प्रयासलाई बारम्बार रोकियो । अझै पनि पार्टी नेतृत्वलाई मेरो अनुरोध छ कि यथासिघ्र महाधिवेशनको मिति सार्वजनिक गरेर तत्काल नयाँ नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरियोस् ।’ उनले ३ बर्षे कार्यकालमा केही तिता मिठा अनुभव पनि बटुलेको बताए ।

उनले भने,’काम गर्ने क्रममा मेरा केही कमजोरी पक्कै भए होलान, यसबाट मैले केही सिक्ने मौका पनि पाएँ । अब त थप सचेत छु । यो समयमा सहयोग र असहयोग गर्ने सवैलाई ह्रदयदेखिनै आभार प्रकट गर्छु ।’ राजनीतिक निरन्तर यात्रा भएको बताउँदै जुनसुकै चुनौती र अप्ठ्यारो परिस्थितिमा कत्ति पनि बिचलित नभएर आफू आफ्नो गन्तव्यमा निरन्तर अघि बढ्ने उनले बताए ।

उनले आफ्नो आगामी यात्रा अब सिघै पार्टीकोे संगठन निर्माण, आगामी महाधिवेशनमार्फत काँग्रेसलाई वैचारिक बाटोमार्फत काँग्रेस रुपान्तरणका लागि शुद्धीकरण र सुदृढीकरण अभियानमा जुट्ने पनि बताए । उनले आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्र कालीकोटमा समय दिने जानकारी गराउँदै सवैको सुझाव, सल्लाह र सहयोगको सधै अपेक्षा रहने बताए ।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply