Sunday, January 17, 2021
Home > mophosala > ओली सरकारको भ्रष्टचारका कारण गणतन्त्र खतरामा पर्यो: नेता गुरुङ

ओली सरकारको भ्रष्टचारका कारण गणतन्त्र खतरामा पर्यो: नेता गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका नेता एबम् केन्द्रिय सदस्य धनराज गुरुङले ओली सरकारको कारण गणतन्त्र खतरामा परेको कुरा बताएका छन् ।

धरानमा भएको चुनावी कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा गुरुङले ‘गरिब जनताले तिरेको करबाट राष्ट्रपतिज्यूलाई डेढ अर्बको हेलिकप्टर चढाउन थालेपछि गणतन्त्र अफ्टयारोमा पर्छ कि पर्दैन ?
गरिब जनता स्वास्थ्य उपचार गर्न नसकेर मरिरहेका छन् । परवारको सदस्यको उपचार गर्न नसकेपछि आफैँले आत्म हत्या गर्न बाध्य छन् । गरिब जनताले चुनेर पठाएको राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीले करोडौँको सवारी दिएपछि गणतन्त्रमा खतरामा पर्छ कि पर्दैन ?’ भन्दै ओली सरकारलाई चोटिलो व्यंग्य प्रहार गरे ।

उनले दुईतिहाइको सरकार बनाएर गणतन्त्रलाई खतरामा पार्ने र कालापानी-लिपुलेक भारतले लग्दै गर्दा पनि लगलग काम्दै केहि नबोल्ने कम्युनिष्टलाई भोट नदिई जनताको सुख दु:खमा बोल्ने र साथ दिने कांग्रेसलाई भोट दिन टोलीवासीलाई अनुरोध गरे।

कार्यक्रममा धनराज गुरुङ तिलक राई लगायत विभिन्न पदाधिकारी कार्यकर्ता स्थानीयवासीहरुको बाक्लो सहभागिता थियो ।

Leave a Reply