२५ कार्तिक, हेटौँडा-सीमा अतिक्रमण गरी लिपसलेक,कालापानी,लिम्पियाधुरा लगायतको भुभागमा भारतले गिद्धेनजर लगाउदै उक्त क्षेत्रलाइ आफनो नक्सामा पारेको भन्दै भारतविरुद्ध नेपाल विद्यार्थी संघ मकवानपुरले हेटौँडामा ब्यापक विरोध प्रर्दशन गरेको छ ।
नेपाली भु–भाग भारततर्फ पारी नयाँ नक्सा जारी गरेको नेबि तथा हिजो काठमान्डौमा यही आन्दोलनका क्रममा आफना नेता कार्यकर्तालाइ प्रहरीले प्रकाउ गरेको भन्दै सरकारको बिरुद्धमा समेत नेविसंघ मकवानपुरले सोमबार विरोध प्रर्दशन गरेको हो ।
मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा क्याम्पस र बन विज्ञान अध्ययन संस्थानबाट विद्यार्थीहरुले भारतविरुद्ध बिभिन्न नारावाजी गर्दै र्याली निकालेका थिए । विद्यार्थीहरुले नेपाली भुमीमा कुनै हस्तक्षेप सह्य नहुने भन्दै नयाँ नक्सा परिवर्तन गर्न भारतसंग माग गरेका थिए ।
बिभिन्न क्याम्पसहरुबाट ठुलो संख्यामा आएका बिधार्थीहरुले चर्को श्वरमा गो ब्याक इन्डिया भन्दै खबरदारी गरेका थिए । हात हातमा प्लेकार्ड बोकेका बिधार्थीहरुको र्याली बजार परीक्रमा गरी बुद्धचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवाडाले सम्बोधन गरेका थिए । सभालाइ सम्बोधन गर्दै अध्यक्ष खतिवडाले राष्टवादको डम्फु फुकेका ओलीको बोली यो बिषयमा अहीले सम्म नफुट्नुले नक्कली राष्टवाद प्रमाणीत भएको भन्दै सरकारको खबरदारी गरेका छन । सरकारले तत्काल समस्या समाधान नगरे बिधार्थीहरुले सरकारको तन्द्रा खलबलाइदिने उद्धघोष अध्यक्ष खतिवडाको रहेको थियो ।