काठमान्डाै। नेपाल तरुण दलले आज भक्तपुर क्षेत्र नम्बर १को क प्रदेश निर्बाचन क्षेत्रबाट तरुण निर्बाचन यात्रा २०७६ प्रारम्भ गरेर “कांग्रेस जिताऔ अभियान” संचालन गरेको छ।
यो अभियान अन्तर्गत भक्तपुर देखि पोखरा, बाग्लुङ, चितवन, दाङ हुँदै कोहलपुर सम्म चुनावी विशेष प्रचार अभियान संचालन हुनेछ। तरुण युबाहरुको टोलिले विभिन्न निर्बाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरुको समन्वयमा चुनावी प्रचार , र्याली, घर दैलो, सभा, तरुण युवा सङ अन्तरक्रिया, मतदाताहरु सङ अन्तरसम्बाद लगायत विभिन्न कार्यक्रम हरु गर्नेछ।
कम्युनिस्ट सरकारको भ्रस्टाचार, अधिनायकवाद, लम्पसारवाद, नालायकीपनका विरुद्ध कांग्रेस उम्मेदवार लाई बिजयी गराउन यो अभियान संचालन गरियको तरुणदल महासचिव शाहीकाे भनाई छ ।
भ्रष्टाचार, कुसासन, निरङ्कुसता, महङीका विरुद्ध यो उपनिर्बाचनमा कांग्रेसलाई बिजयी गराउनुको कुनै पनि विकल्प रहेको छैन।सम्पुर्ण तरुण युवाहरू एबम लोकतन्त्र प्रेमी महानुभाबहरुमा “कांग्रेस जिताऔ अभियान” मा सक्रियता पुर्वक सहभागी हुन महासचिव शाहीले अपिल गरेका छन् ।