Tuesday, January 26, 2021
Home > mophosala > लिपुलेक र कालापानीसहितको नेपालको नक्सा बनाएर प्रदर्शन

लिपुलेक र कालापानीसहितको नेपालको नक्सा बनाएर प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका विद्यार्थीहरुले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत नेपाली भूभाग आफ्नो नक्सा समेटेको विरोध जारी राखेका छन् ।

बिहिबार प्रदर्शनीमार्गमा लिपुलेक र कालापानीसहितको नेपालको नक्सा बनाएर उनीहरुले विरोध जनाएका हुन् ।नेविसंघका पुर्व केन्द्रिय सदस्य सुमन पाण्डेको नेतृत्वमा सो प्रदर्शन भएको हो ।

उनीहरुले नेपालको भूभाग कसैले आफ्नो नक्सामा छाप्दैमा उसको नहुने भन्दै भारत सरकारलाई आफ्नो गल्ती सच्याउन पाण्डेले चेतावनी दिएका थिए । संघले निरन्तर भारतविरुद्द आन्दोलन गर्दै आएको छ ।

Leave a Reply