काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले नेपाली भूमिमाथि हुने अतिक्रमण अस्वीकार्य भएको बताएको छ।
कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको भन्दै कांग्रेसले भारतले जारी गरेको नक्साप्रति आपत्ति जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरेर नक्साप्रति आफ्नो पार्टीको ध्यानाकषर्ण भएको जनाएका छन् ।
कांग्रेसले यसबारे साझा मत बनाउन र त्यसअनुसार कूटनीतिक माध्यमद्वारा समाधान खोज्न सरकारलाई आग्रह पनि गरेको छ ।