Sunday, January 24, 2021
Home > mophosala > नेकपाकाे बढ्दाे अलाेकप्रियतालाई चुनावि यजेन्डा बनाउदै पाैडेल विद्धा भने रवीन्द्रको योगदानकाे भरमा

नेकपाकाे बढ्दाे अलाेकप्रियतालाई चुनावि यजेन्डा बनाउदै पाैडेल विद्धा भने रवीन्द्रको योगदानकाे भरमा

कास्कि। मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभाको लागि कास्की २ मा मात्र  निर्वाचन हुँदैछ। यस निर्वाचन क्षेत्रमा मुख्यतया सत्ता पक्ष नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस विच दराे प्रतिसप्रधा हुने अनुमान गरियकाे छ।

सत्तारुड दल नेकपाबाट विद्या भट्टराई र प्रमुख प्रतिपक्षि दल कांग्रेसको तर्फबाट खेमराज पौडेल चुनावि मैदानमा उत्रेका छन् । उपनिर्वाचनको लागि भट्टराई र पौडैलले उम्मेदवारी दर्ता गराएका छन्। बिहीबार मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दर्ता गरेका हुन्।

उम्मेदवारी दर्ता गरेपछि भट्टराईलाई विभिन्न मिडियाहरुले सोधे, ‘तपाईंको उम्मेदवारी किन र जितको आधार के हो? ’जवाफमा उनले भनेकी थिइन्,‘नेकपाले निर्वाचनमा आफ्नो  उम्मेदवारी प्रस्तुत गरेको छ। विद्या भट्टराई नै किन भन्ने कुरा आउन सक्छ। विद्या भट्टराईको हिजो पनि राजनीतिमा पृष्ठभूमि छ। हिजोको आन्दोलनको पृष्ठभूमि र रवीन्द्र जीले यो क्षेत्रमा दिएको योगदान जोड्दै पार्टीले चुनेको हो।’

रवीन्द्रको योगदानसँग पनि आफ्नो भूमिका जोडिएको उनले बताइन्। जनताले  रवीन्द्रलाई दिएको माया सम्मानले नै आफूले उम्मेदवारी दिएको उनले बताइन्।

‘मेरो विजयको सुनिश्चितता देखिसकेको छु। चुनाव प्रतिस्पर्धा हो अरू साथीहरू पनि हुनुहुन्छ,’ भट्टराईले भनिन्, ‘रवीन्द्रजीको योगदान र जनताको मायामा मेरो उम्मेदवारी हो। हिजो अप्ठ्यारोका बेला पनि जितेको ठाउँ हो अहिले सहज छ। हाम्रो वर्चश्व छ जित सुनिश्चित छ।’

पार्टीभित्रबाट सहयोग रहने उनले बताइन्।‘पार्टीभित्र विवाद छैन। गुटउपगुट छैन। म सर्वसम्मत उम्मेदवार हुँ।’उम्मेदवारी दर्तापछि भट्टराईले भनिन्।

पौडेलले पनि सोही प्रश्नमा जवाफ दिए- म चार हजारभन्दा बढी मतान्तरले जित्छु। अमेरिकामा ट्रमले राष्ट्रपति जित्छन् भनेर कसैले अनुमान गरेका थिए? उनले जितका केही आधारहरू दिए।

त्यसमध्ये सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको अलोकप्रियता मुख्य रहेको उनले दाबी गरे।‘दुई तिहाइको कम्युनिष्ट सरकारले जनताका पक्षमा केही काम गरेको छैन, भ्रष्टाचार नियन्त्रण गरेको छैन’,उनले भने, ‘महँगी बढेको नियन्त्रण गर्न सकेको छैन। सरकार अलोकप्रिय छ त्यसैले हामी चुनाव जित्छौं।’

उनले पार्टीभित्र सबैको सहमतिमा आफू उम्मेदवार बनेको पनि बताए।‘हिजोसम्म देवराजजी टिकटका लागि प्रतिस्पर्धामा हुनुहुन्थ्यो तर आज मेरो प्रस्तावक हुनुहुन्छ,’ उनले भने, ‘पार्टीभित्र कुनै विवाद छैन।’

उनको प्रस्तावकमा देवराज चालिसे छन्। चालिसे उनै हुन् जो बुधबारसम्म टिकट दौडमा थिए। उनी २०७४ सालको निर्वाचनका बेला बामगठबन्धनका उम्मेदवार रवीन्द्र अधिकारीसँग पराजित भएका थिए। सो निर्वाचनमा रवीन्द्र अधिकारीले १० हजार मतले जितेका थिए।

Leave a Reply