Sunday, January 24, 2021
Home > mophosala > मेडिकल माफिया विरुद्द उत्रिय चिकित्सा शिक्षामा अध्ययनरत विधार्थीहरु

मेडिकल माफिया विरुद्द उत्रिय चिकित्सा शिक्षामा अध्ययनरत विधार्थीहरु

काठमाडौँ । चिकित्सा शिक्षा संचालक तथा मेडिकल शिक्षामा लुट मच्चाई रहेका माफियाहरुले मनपरी शुल्क असुल गरेको विरोधमा चिकित्सा शिक्षा संघर्ष समितिले आज काठमान्डाैकाे माइतीघरमा प्रदर्शन गरेको छ ।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दको नेतृत्वमा भएको प्रदर्शनमा सयाैकाे संख्यामा उक्तक्षेत्रमा अध्ययनरत विधार्थीहरु सहभागी भई मेडिकल कलेजहरुले असुल्दै आएको अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न माग गरे ।

उनीहरुले विद्यार्थीमाथिको दमन बन्द गर, मेडिकल माफिया मुर्दावाद, प्रगतिशील विद्यार्थी एक होऔं लगायत नारा लेखिएको ब्यानरसहित विभिन्न किसिमका मेडिकल माफिया विरुद्द प्लेकार्डहरु बाेकेर प्रदर्शन गरेका थिए ।

उनीहरुले मेडिकल कलेजहरुले मनपरी शुल्क असुल्दा पनि राज्य मौन भएको भन्दै सरकारको कडा आलोचना समेत गरेका थिए । प्रदर्शनका क्रममा अभियानका संयोजक प्रकाश चन्दले बढी असुलिएको सुल्क फिर्तालगायतका आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए ।

प्रकाश प्रतिवन्धित नेकपाका महासचिव विप्लवका छोरा समेत हुन् ।  उनको नेतृत्वमा मेडिकल क्षेत्रमा भएको बेथितिविरुद्ध केही समययता आन्दोलन हुँदै आएका छन् ।

Leave a Reply