Saturday, January 23, 2021
Home > mophosala > ने.बि संघ द्वारा मकवानपुर क्याम्पस प्रमुख को बैधानिक्ता पुष्टि गर्न चेतावनी

ने.बि संघ द्वारा मकवानपुर क्याम्पस प्रमुख को बैधानिक्ता पुष्टि गर्न चेतावनी

नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस ईकाइ समितिले क्याम्पस प्रमुुख शंकर उपाध्यायको नियुक्तिको विषयलाई लिएर आपत्ति जनाएको छ । दसैँ तिहारको बीचमा विदाको समय पारी क्याम्पस प्रमुखमा शंकर उपाध्यायलाई क्याम्पस प्रशासनले नियुक्त  गरी सामान्य ब्यबसायिक मर्यादालाइ समेत उल्घंन गरेको नेबि संघको आरोप छ ।

क्याम्पसको तात्कालिन प्रमुख बच्चुराम अधिकारीको राजिनामा र अर्का क्याम्पस प्रमुखको नियुक्ति एकैदिन हुनुले केही चलखेल भएको नेविसंघले आरोप समेत लगाएको छ । क्याम्पस प्रमखमा नियुक्त भएकै दिन स्थायी नियुक्ति, बढुवा पनि एकै दिन दिनु नियमसंगत नभएको नेविसंघ मकवानपुर क्याम्पस इकाइको ठहर छ।

अन्य स्थानमा कार्यरत व्यक्तिलाई एक्कासी क्याम्पस प्रमुख बनाएर वषौँदेखी अध्यापनरत शिक्षकहरुलाई क्याम्पस प्रशासनले अन्याय गरेको नेविसंघले आरोप लगाएको छ । क्याम्पस प्रशासन यसतर्फ ध्यान नदिए सर्घषका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतावनी नेविसंघले दिएको छ ।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply