कपिलवस्तु। कपिलवस्तुको कृष्णनगरमा हिन्दू र मुश्लिम समुदायबीच झडप भएको छ। झडपमा एक जनाको मृत्यु भएको छ। लक्ष्मीको मूर्ति बिर्सजन गर्ने क्रममा बुधबार राति हिन्दू र मुश्लिम समुदायबीच झडप भएको हो। झडपमा युवराज पाण्डेको मृत्यु भएको छ।
हिन्दू र मुश्लिम समुदायबीच झपड भएपछि प्रशासानले कृष्णनगरमा बिहीबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यू लागेको छ। स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू लगाएको हो।
दुई समुदायबीच झडपले स्थिति तनावग्रस्त बनेपछि थप अप्रिय घटना हुन नदिन बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको प्रशासनले जनाएको छ।