Friday, January 22, 2021
Home > special_four > कास्की-२ को उपनिर्वाचनमा विद्या भट्टराई उम्मेदवार

कास्की-२ को उपनिर्वाचनमा विद्या भट्टराई उम्मेदवार

पोखरा। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कास्की कमिटीले प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा विद्या भट्टराईलाई उम्मेदवार सिफारिस गरेको छ।

जिल्ला कमिटी कास्कीको उक्त निर्णयले दिवंगत नेता रवीन्द्र अधिकारी पत्नी भट्टराईको राजनीतिक पुनरागमन भएको मानिएको छ। फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २ मा विद्यालाई रवीन्द्रको उत्तराधिकारीका रुपमा हेरिएको थियो।

शुक्रबार नेकपा कास्कीले रवीन्द्रले ह्याट्रिक मारेको कास्की २ मा विद्यालाई उम्मेदवार बनाउन सर्वसम्मत निर्णय ग¥यो। बैठकमा  नेकपा कास्की अध्यक्ष कृष्ण थापाले भठ्टराईको नाम प्रस्ताव गरेका थिए। ‘मेरो प्रस्तावमा सबै साथीहरुले सहमति जनाउनु भयो,’ अध्यक्ष थापाले भने।

बैठकमा ३८ जनाले प्रस्तावमाथि राय राखेका तिए भने ६८ जनाले लिखित रुपमा राय पेस गरेका थिए। यसरी धारणा राख्नेमा केही टिकटका आकांक्षी पनि थिए । रवीन्द्र अधिकारीका सहपाठी धनराज आचार्य पनि विद्या नउठ्ने अवस्थामा उम्मेदवार बन्ने होडमा थिए।

नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ, सहइन्जार्च श्रीनाथ बराल, पूर्व सांसद तुलबहादुृर गुरुङसम्म नेकपाका आकांक्षी थिए। रवीन्द्र पत्न्नी विद्यालाई उम्मेदवार बनाउने शर्तमा सबैले दाबी छाडेका छन्।

Leave a Reply