Sunday, January 17, 2021
Home > special_one > ‘स्वतन्त्रता छ भन्दैमा नाङ्गै हिँड्न पाईँदैन’

‘स्वतन्त्रता छ भन्दैमा नाङ्गै हिँड्न पाईँदैन’

काठमाडौँ। सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले स्वतन्त्रता छ भन्दैमा नाङ्गै हिँड्न नपाईँने स्मरण गराएका छन्। बिहीबार मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा उनले नेपाली समाज अहिले जंगली चरणमा नरहेको भन्दै जसले जे बोल्न र जे पनि लेख्न नहुने बताए।

पछिल्लो समय परिवारका सदस्यसँग बसेर सुन्न नसकिने खालका गीत आएको भन्दै मन्त्री बास्कोटाले स्वतन्त्रता छ भन्दैमा नाङ्गै हिँड्न नमिल्ने बताए। उनले सरकारले गीत गाउनै नपाउने नभनेको बताउँदै दिदीबहिनी परिवारसँग बसेर गीत सुन्न सक्नुहुन्छ ? भनेर प्रश्न समेत गरे।

मन्त्री बास्कोटाले भने– ‘जहाँसम्म थापाको पश्न उठ्यो । अब थापाले गर्ला, लामाले गर्ला, नेवारले गर्ला, बाहुनले गर्ला जसले गरुन कलाकारिता भनेको समाजको ऐना हो । कहिलेकाही त्यसले इतिहास पनि रचना गर्छ । गाउनै नपाउने भनेर हामीले भनेका छौँ र रु जे पनि गाउँछ भने तपाई आफ्नो दिदी भाई दिदी बहिनी परिवारसँग तिनले गाएको गीत सुन्न सक्नुहुन्छ ? सुन्न कति समाथ्र्य राख्नुहुन्छ रु कतै अनुहार लाजले रातोपिरो हुन्छ कि रु कतै मुख थुन्नुपर्ने जस्तो हुन्छ कि रु जुनसुकै समाजको एउटा मूल्य पद्धति हुन्छ, त्यसमा कसैले गल्ती नगरुन ।’

उनले हरेक देशहरुमा पनि जे पनि गर्न नपाइने भन्दै १८ बर्ष मुनिकाले अमेरिकामा रक्सि किन्न नपाउने उदाहरण दिँदै त्यहाँ नागरिक अधिकार हनन् भयो भनेर जुलुस ननिस्कने बताए। उनले भने– ‘अराजकता हैन, अनुशासन चाहिएको छ। हामीले जे भन्छौँ त्यही गर भनेर हामीले भनेका हैनौँ नि । आफ्नो संस्कृतिको चाही रक्षा गर तिमी यो देशको नागरिक भएको हिसाबले। कलाको, गलाको, साहित्यको र आविष्कारमा देशलाई योगदान दिन चाहनुहुन्छ भने कसैले दमन गर्दैन।’

Leave a Reply