काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशनबाट कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ लोकतान्त्रिक पक्षका कूल आचार्य समूहबाट कोषाध्यक्षको उम्मेदवार बनेका हुन्।
अन्य पदको मत तणना जारी छ। मतगणनाको पछिल्लो परिणाम अनुसार अध्यक्षको प्रत्यासीमा कुमार पन्त ६१ मतले अगाडि छन्। निर्वाचनमा २ हजार ३ सय ४१ खसेको थियो । त्यस मध्ये १ हजार ७ सय मत गणना भएको छ।