Friday, January 15, 2021
Home > special_one > विप्लवका २१ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

विप्लवका २१ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौं । सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन्।

 

विप्लव समूहका मध्यकपश्चिम कमाण्ड अर्थात विप्लवका दाइ चन्द्र बहादुर चन्दसहित २१ जना दाङको राजापुर क्षेत्रबाट पक्राउ परेको प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे।

 

मध्यराती १ बजे पक्राउ परेका उनीहरुसँग विस्फोट सामग्री र हतियार पनि रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्लाको सदरमुकाम ल्याइदैँछ।

 

यस्तै, राप्ती ब्यूरो इन्चार्ज केश बहादुर बाठा ‘सुवास’ समेत प्रक्राउ परेका छन्। पक्राउ परेका सबै राप्ती ब्यूरोका सदस्यहरु रहेको बताइएको छ।

 

ब्यूरोको बैठक बसिरहेको बेला प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ। उनीहरुसँग कति हतियार र विस्फोटक पदार्थ थियो भन्ने अनुसन्धानपछि मात्रै सार्वजनिक गरिने प्रहरीको भनाइ छ ।

Leave a Reply