Tuesday, January 19, 2021
Home > special_one > अदालतको बयान सकियो, डिएन पनि गरिने

अदालतको बयान सकियो, डिएन पनि गरिने

काठमाडौँ। निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान लिइएको छ। काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइएको हो ।

संसद कर्मचारी रोशनी शाहीमाथि जर्बजस्ती अभियोगमा पक्राउ परेका महरामाथि घटनाको सेरोफेरोमा सरकारी वकिलहरुले बयान लिएका थिए । बयानका क्रममा उनले अभियोग अस्वीकार गरेको बुझिएको छ।

बयानपछि महरालाई काठमाडौं जिल्ला अदालत लगिने भएको छ। उनलाई थप अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको छ ।दशैं बिदाका कारण म्याद थपका लागि अदालत नलगिएकोमा बिदा समाप्तीपछि अदालत लगिने लागिएको हो । महरा १९ असोजमा सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए।

साथै घटनाको अनुसन्धानमा खटिएको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको हो।

अपराधस्थल भनिएको घरबाट बरामद भएको फुटेको चस्मा, जुत्ताको जिब्री लगायतका सामग्री महराको होरहोइन भन्ने प्रमाणित गर्न डीएनए जाँच गर्न लागिएको स्रोतले बतायो। प्रहरीले महराको निवासबाट पनि केही जुत्ता र अन्य सामग्री पनि बरामद गरिसकेको एक स्रोतको दावी छ।

Leave a Reply