रुकुम । रूकुम पश्चिम जिल्लामा बसोबास भएका सबै वन प्राविधिकहरूलाई संगठित गरि प्राविधिक व्यवसायिकतामा अगाडि बढाउने उद्देश्यले १५ सदस्यिय कार्यसमिति र ४ सदश्यिय सल्लाहकार सहित रूकुमेलि वन प्राविधिक समाज गठन गरिएको छ।
गत असोज २२ गतेको भेलाले अध्यक्षमा शेर बहादुर परीयारलाइ चयन गर्दै प्राकृतिक श्रोत ब्यबस्थापनमा टेवा पुराइने उधेश्य राखी प्रथम अबिधेशन सम्पन्न गरेको छ।
समाजको उपाध्यक्षमा केशर खड्का ,सचिवमा ललित जंग खड्का, कोषाध्यक्षमा सिर्जना ओली तथा सहसचिवमा तारा प्रसाद खड्का चयन भएका छन। त्यसैगरी समाजको कार्यसमीतिका सदश्यहरुमा प्रकाश खड्का,चन्द्र खड्का, मन बहादुर भण्डारि,सुश्मा के सि,विपना खड्का मगर,ओपेन्द्र ओलि,खिमराज ओलि,वीर बहादुर बिष्ट,कृष्ण खड्का र सुरेन्द्र पुन रहेका छन।
त्यसैगरी समाजले चार सदश्यिय सल्लाहकारसमेत चयन गरेको छ । सल्लाहकारमा सुक्ष्मा गिरि खड्का,खिम बहादुर केसि,मोहन केसि र चेत वलि रहेका छन।
रुकमेली वन प्राबिधिक समाजले जिल्ला तथा प्रदेशमा वन ,बन्यजन्तु,बनस्पती तथा जैबिक बिबिधता लगायतका कार्यक्षेत्र बनाएर आफना सांगाठानिक कार्य गर्ने र वन प्राबिधिकहरुको साझा चौतारी बन्ने उधेश्य राखेको समाजका अध्यक्ष शेर बहादुर परीयारले बताए ।
समाजले उपाध्यक्ष केशर खड्काको संयोजनमा बिधान निर्माण तथा मस्यौदा समिती गठन गर्दै गत असोज २३ गते कार्य समितीको पहिलो बैठक समेत सम्पन्न गरेको छ।