Tuesday, January 19, 2021
Home > special_one > नेकपालाई सीले भने, ‘पार्टीमा स्वच्छता र सुशासन महत्वपूर्ण छ’

नेकपालाई सीले भने, ‘पार्टीमा स्वच्छता र सुशासन महत्वपूर्ण छ’

काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतालाई पार्टीमा सुसाशन र स्वच्छताको महत्वपूर्ण भूमिका रहने स्मरण गराएका छन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका सचिवालय सदस्यहरुले सीसँग सामूहिक भेटवार्ताका क्रममा सिले यस्तो बताएका हुन्। उक्त भेटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल, नेकपाकै नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि सहभागी थिए।

राष्ट्रपति सीले नेकपालाई पाँच वटा विषयमा सचेत गराएका छन् 

१ चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवले भन्छ कि पार्टीमा स्वच्छता र सुशासन महत्वपूर्ण छ । यो भयो भने मात्र चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको जनतासँग राम्रो सम्बन्ध रहन्छ ।

२ नेपाल र चीनको सम्बन्ध राम्रो छ । र, यसलाई अझ सुदृढ गर्दै लैजानुपर्छ । दुई पार्टी (नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्ध पनि अझ सुमधुर बनाउनुपर्छ ।

३ नेपालले जुन राजनीतिक उपलब्धी र स्थायित्व हासिल गरेको छ र विकासको बाटोमा हिँड्न खोजेको छ, त्यसका लागि बधाई दिन्छु र चीन सधैं साथमा रहनेछ ।

४ अहिले हाम्रो धेरै प्रतिकुलता छ तर पनि हामी समाजवादको दिशामा नै अगाडि बढेका छौं । हामीले कम्युनिस्ट क्रान्तिको आधारमा मात्र सत्ता चलाइरहेका छैनौं । हामीले जनतालाई उपलब्धीहरु दिन नसकेको भए यो सम्भव थिएन ।

५ नेपाल चीन सम्बन्धमा अनुकुलता मात्र छैन, प्रतिकुलताहरु पनि छन् । त्यसमा ध्यान दिनुपर्छ ।

Leave a Reply