Tuesday, January 26, 2021
Home > mophosala > ‘साँढे गोरु’ चुनाव चिन्ह दिएको भन्दै निर्वाचन आयोग पुग्यो राप्रपा

‘साँढे गोरु’ चुनाव चिन्ह दिएको भन्दै निर्वाचन आयोग पुग्यो राप्रपा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो चुनाव चिन्ह ‘गाई’ सङ्ग मिल्दोजुल्दो चिन्ह अर्को पार्टीलाई निर्वाचन आयोगले प्रदान गरेकोमा आपत्ति जनाएको छ । शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाएको छ।

आफ्नो पार्टीको चुनाव चिन्ह सङ्ग मिल्दोजुल्दो ‘साँढे गोरु’ चुनाव चिन्ह दिएकोमा पार्टीको आपत्ति रहेको तामाङले प्रमुख थपलियालाई बताए । ‘आयोगले यो निर्णय सच्याउनु पर्छ,’ तामाङले भने । निर्वाचन आयोगले रािष्ट्रय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) साँढे गोरु चुनाव चिन्ह प्रदान गरेका छ ।

एउटा पार्टीको चुनाव चिन्हसँग मल्ने चिन्ह अर्को पार्टीलाई दिने बिषय अनुचित भएको तामाङले बताए । आगामी उपनिर्बाचनमा गाईसँग मिल्दोजुल्दो गोरु, अर्ना, भैसी, घोडा जस्तो चुनाब चिन्हले मतदानमा अन्यौल हुने हुदा यस विषयमा निर्वाचन आयोगले उप निर्वाचन अघि नै निर्णय गर्नुपर्ने राप्रपाले जनाएको छ ।

राप्रपाको  प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष तामाङ , प्रबक्ता सुशील श्रेष्ठ , सहायक महामन्त्री राजाराम बर्तौला र केन्द्रिय सदस्य बिजय खड्का थिए ।

प्रमुख आयुक्त थपलियाले यस बिषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको र सच्याउनु पर्ने पक्षहरुलाई सुधार गर्दै जाने प्रतिबद्धता व्याक्त गरेको प्रतिनिधिमण्डलका सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

साभार राताेपाटिबाट

Leave a Reply