Monday, January 25, 2021
Home > mophosala > प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारकाे फन्दामा

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारकाे फन्दामा

काठमान्डाै । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको गम्भीर आरोपमा तानियका छन् । महरा माथी लागेकाे यस्ताे आराेपले नेपालकाे राष्ट्रिय राजनितिमा तहल्का मच्चायकाे छ ।

सभामुख महराले भने आफूमाथि लगाइएको आरोप झुट भएकाे भन्दै खण्डन गरेका छन् । सभामुख महराको बचाउ गर्दै उनका प्रेस संयोजक डिल्ली मल्लले गरेको खण्डनमा महरा असोज १२ गते आइतबार अपरान्ह २ बजेदेखि बालुवाटार निवासमै रहेको र अन्त कहीँपनि नगएको कुरा उल्लेख गरिएको छ ।

सभामुख महरालाई दुर्व्यवहारको आरोप लगाउने महिलाले महरा करिब ७ बजे तीनकुनेस्थित ति महिलाकाे काेठामा आएको र आफूमाथि यौन अपराध गरेको मिडियाबाट आरोप लगाएकी छन् ।

सभामुख महराले गरेको भनिएको ‘यौन दुर्व्यवहार’को सम्बन्धमा ती महिलाले प्रहरीमा औपचारिक उजुरी वा निवेदन अहिले सम्म नदियकाे विभिन्न मिडियामा आईरहेकाे छ ।

 

Leave a Reply