Monday, January 25, 2021
Home > mophosala > जनतालाई झुक्याएर विकेको कम्युनिष्ट अबटिक्न नसक्ने वरिष्ठनेता पौडेल

जनतालाई झुक्याएर विकेको कम्युनिष्ट अबटिक्न नसक्ने वरिष्ठनेता पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताले कम्युनिष्ट सरकारको विकल्प खोजेको बताएका छन् ।

नेपाली कांग्रेस सोलुखुम्वुले आज केन्द्रिय राजधानी काठमान्डौमा आयोजना गरेको दशैंको शुभकामना आदान प्रधान कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।

पाडैलले प्रचण्ड पथ, केपी पथ, माओवाद र जनताको जनवाद पथ असफल भएपछि नेपालका कम्युनिष्ट चिनिया कम्युनिष्टबाट प्रशिक्षण लिइरहेको बताए ।

सी पथमा नेकपा अगाडि बढेपनि कम्युनिष्ट सत्तासञ्चालन शैलीबाट नै उसको दिनगन्ति सुरु भएको दावी गरे । सी पथको परिक्षा दिइरहेका नेपालका कम्युनिष्टहरु फेल भइसकेको उनले जिकिर गरे ।

जनतालाई झुक्याएर विकेको कम्युनिष्ट अव टिक्न नसक्ने उनले बताए । वरिष्ठ नेता पौडेलले अवको निर्वाचनमा कांग्रेसलाई जनताले न्याय दिने बताउँदै संगठन निर्माणमा एक भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

Leave a Reply