Saturday, January 16, 2021
Home > mophosala > कम्युनिष्टहरूले नेपालमा सी-पथ परीक्षण गर्दै कांग्रस वरिष्ठ नेता पाैडेल

कम्युनिष्टहरूले नेपालमा सी-पथ परीक्षण गर्दै कांग्रस वरिष्ठ नेता पाैडेल

दाङ । नेपाली कांग्रेसले थालेकाे द्राेस्र चरणकाे राष्ट्रिय जागरण अभियानकाे क्रममा दाङ पुगेका नेपाली कांग्रेसका कम्युनिष्टहरूले नेपालमा सी-पथ परीक्षण रामचन्द्र पौडेलले सिद्धान्तमा विचलित भएका कम्युनिष्टहरूले नेपालमा सी-पथ परीक्षण गर्न लागेको बताएका छन्।

दाङमा बिहीबार जागरण अभियानकाे क्रममा बाेल्दै पौडेलले स्थापना कालदेखि नै नेपालका कम्युनिष्टको सिद्धान्त टुंगो नलागेकोले मार्क्सवाद, लेलिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ हुँदै जनताको जनवादबाट सी पथमा पुग्न लागेको आरोप लगायका हुन ।

तेसैक्रममा उनले भने, ‘नेपालमा सी-पथ परीक्षण गर्न खोजिराखेका छन्। उनीहरू समाजवाद उन्मुख राज्य भन्छन् तर समाजवाद के हो बुझ्दैनन्।’ सिद्धान्तमै अलमल भएकाहरूबाट देश विकास हुन नसक्ने उनले बताए।

यसैगरी उनले बिहीबार प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरले तुलसीपुरस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बजार क्षेत्रमा कांग्रेस हुँ भन्दै छाती फैलाएर हिँड्नुभन्दा गाउँका झुपडीमा पुगेर स्थानीयहरूसँग आत्मीयता साट्न सुझाव दिएका छन्।

‘एउटा मान्छेलाई समातेर पूरै मेरो हुंँदैन। एउटा परिवारको सदस्यलाई च्यापेर परिवारका सबै सदस्य आफ्ना पक्षमा नहुन सक्छन्। त्यसैले हरेक व्यक्ति/व्यक्तिको मन छुने काम गर्नुस्’,पौडेलले भने। अब पनि अल्छी गरे कांग्रेस उभो लाग्न नसक्ने भन्दै बीपीको सिद्धान्त र आदर्श बोकेर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए।

कांग्रेस संबद्ध व्यवसायीसहित जिल्लास्तरीय नेता कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा वरिष्ठ नेता पौडेलले अबको चुनावमा कांग्रेसलाई जिताउनका लागि हरेक बस्ती बस्तीमा पुगेर हरेक व्यक्तिको मन जित्नुपर्ने पनि सुझाव दिए।

त्यस्तै, आर्थिक समृद्धिका नाममा जनताको ढाड सेक्ने गरी कर लगाएर आफ्ना कार्यकर्ता पोस्ने दुस्साहस सरकारले गरिरहेको भन्दै त्यसको विकल्पको पार्टीका रूपमा कांग्रेसलाई स्थापित गर्न आफू लागेको उनले बताए।

Leave a Reply