काठमान्डाै । नेपाल सरकारले तोकेकोभन्दा बढी मनपरी शुल्क उठाउने विभिन्न मेडिकल कलेजहरूलाई कारबाहीको माग राख्दै माइतीघर मण्डलमा शान्तिपूर्ण प्रर्दशन गरिएको छ।
उनीहरूले ‘ओली ज्यू स्वास्थ्य उपचारको महत्व तपाईंले जति कसले बुझ्ला? तर विद्यार्थी लुट्ने मेडिकल माफियाहरू प्रति तपाईं सधैं मौन?, विद्यार्थीसँग अवैध शुल्क उठाउने मेडिकल कलेजहरू लाई कारबाही गर, सरकार किने माफियाले संविधान बचाउने कसले? लगायत नारा लेखिएको प्लेकार्ड बोकेर प्रर्दशन गरिएको हो।
मेडिकल शिक्षाको शुल्कसँग पैसा तिर्ने अभिभावक र पढ्ने विद्यार्थीहरु संग मात्र नभएर आमनागरिकहरुले बिरामी हुँदा खानुपर्ने सिटामोलसंग पनि सम्बन्धित रहेको उनीहरूले उल्लेख गरेका छन्। विद्यार्थीको अगुवाइमा भइराखेको लुटतन्त्र विरुद्धको आन्दोलनमा सहभागी हुन पनि उनीहरूले आग्रह गरेका छन्।
चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेजले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएपछि विद्यार्थीहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।