Sunday, January 24, 2021
Home > mophosala > कटारीमै पहिलोपटक नेबि संघले सञ्चालनमा ल्यायो कपडा बैंक (फोटो फिचर)

कटारीमै पहिलोपटक नेबि संघले सञ्चालनमा ल्यायो कपडा बैंक (फोटो फिचर)

असोज ३ कटारी-नेपाल विद्यार्थी संघ,प्राकृतिक स्रोत ब्यवस्थापन कलेज ,कटारी द्धारा गरीब अशाहाय का निम्ति कटारीमै पहिलोपटक नेबि संघले कपडा बैंक सञ्चालनमा ल्याएको छ ।
सेवा नै धर्म हो भन्ने मुल नारा का साथ कपड़ा बैंक संचालन गरिएको कइकाइ अध्यक्ष सन्तोष ऐरले बताए । । उक्त कपड़ा बैंक संचालन का लागि कटारी नगरपालिका, उदयपुर उद्योग वाणिज्य संघ तथा नेपाली कांग्रेस कटारीले गरेको तथा यसको सम्पुर्ण ब्यबस्थापन र सञ्चालन नेपाल विद्यार्थी संघ प्राकृतिक स्रोत ब्यवस्थापन कलेज ,कटारीन ले गर्ने बताइएको छ ।

कपडा बैंक सञ्चालनमा आएपछि नेपाली युवाको चर्चीत 100’s Group अभियानले नेबि संघ प्राकृतिक स्रोत ब्यवस्थापन कलेज,कटारीलाइ धन्यवाद दिइएको छ ।
उक्त कपड़ा बैंक लाई लुगा,जुत्ता,चप्पल अथवा आर्थिक सहयोग गर्न चाहने ब्यक्तिहरुका लागी नेपाल विद्यार्थी संघ,प्राकृतिक स्रोत ब्यवस्थापन कलेज ,कटारीले दसम्पर्क ब्यक्ती समेत तोकेर ब्यबस्थीतरुपमा सञ्चालन गरेको छ । सहयोग गर्नेले सन्जीब ठाकुरको ९८१४४८११३४ नम्बर मा कल गरेर सहयोग गर्न सक्नेछन ।
करिब १ महिना देखि सोचेको कुरा आज पुरा भयो भन्दै नेपाल विद्यार्थी संघ,प्राकृतिक स्रोत ब्यवस्थापन कलेज ,कटारीले सबैमा धन्यवाद ब्यक्त गरेको छ ।
 

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply