म स्मरण गर्न चाहान्छु । हिजो देशमा जसले जनताले लेख्न,पढ्न र बोल्न स्वतन्त्र रुपमा पाउनुपर्छ भनेर आफ्नो जीवनलाई तरवारको धारमा राख्दै जीवन मरणको दोसाँधमा रहेर संघर्षको अथक योद्दाको रुपमा आफुलाइ उभ्याउनु भयो र आज तपाईं हामी जस्तै हरेक नेपाली नागरिकले स्वतन्त्र प्राप्त छौं ।
०५२ सालदेखी युद्दको प्रारम्भ गरेर माओवादीको उद्दण्डताले रगतको होलिको सिकार हुनुभएका हजारौं जनताले न्याय पाउनुपर्छ भनेर आफ्नो टाउको फुटाएर माओवादीलाई हिम्साको बाटोबाट शान्तिको बाटोमा ल्याउने नेता नेपाली काङ्ग्रेसका तत्कालीन सभापति,लोकतान्त्रिक गणतन्त्रका महानायक गिरिजा प्रसाद कोईरालाका कार्यकर्ता हौं हामी ।
त्यसकारण हामी हिंसा चाहादैनौ,सहकार्य चाहान्छौ। दुइ तिहाइको सरकार बिपि कोईरालाको पालामा पनि थियो,त्यतिबेला देखेको र अन्यायको आवाज बोल्दै गर्दा कोहि नागरिक जेल जादैनथे बरु आफै जेल गए । फेरि आज लामो समयपछि दुई तिहाइको सरकार बनाउन सक्ने मत नेकपाले प्राप्त गर्यो र निर्माण भयो । आज नेकपाका प्रत्येक अरिङ्गाल हरु सुरछित छन,न्यायको आवाज उठाउने कोहि नागरिक सुरछित छैनन ।
सभामुख हिजो वरिष्ठ नेता रामचन्द्र पौडेल पनि हुनुभयो तर अहिलेको जस्तो पार्टी प्रवक्ता भएर संसदमा व्यवहार गर्नुभएन,गृहमन्त्री हिजो कृष्ण प्रसाद सिटौला पनि हुनुभयो तर कुनै बलात्कारिलाइ संरक्षण गर्न तर्फ लाग्नुभएन । हिजो हाम्रा नेताहरूले नागरिकले स्वतन्त्र रुपमा बोल्न पाउनुपर्छ भनेर एकतर्फी शासन विरुद्ध गणतन्त्रको लडाइ लड्दै गर्दा सम्माननिय प्रधानमन्त्री यो देशमा गणतन्त्र आउनु र बयलगाडा चडेर अमेरिका जानू उस्तै हो भनेर अभिव्यक्ति दिदै हिन्नुभएको थियो,आज त्यही गणतन्त्र प्राप्ति पछाडीको पहिलो शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ सम्माननिय केपी ओली ।
त्यही नेकपाको भातृ संगठन युवा संघ नेपालले नेपालको संविधानलाई कुल्चेर भ्रस्टाचारको बिरुद्धमा आवाज उठाउने एउटा सामन्य नागरिक ग्यानेन्द्र शाही लाई कास्कीमा प्रवेश निषेध गरेको सुन्दा मलाई अचम्म लाग्यो,कुन राजनैतिक नैतिकताको धरातलमा टेकेर यस्तो निर्णय गर्नुभएछ कुन्नी?
यो मुलुकमा सरकारको प्रधानमन्त्री सम्माननिय केपि वलि त हुनुहुन्छ तर केपि वलि मात्रै हुन्नुहुन्न । हिजो जनताले स्वतन्त्र रुपमा अन्याय र अत्याचारका बिरुद्द आफ्नो आवाज बुलन्द पार्न पाउनुपर्छ भनेर बिद्रोहको आवाज उठाउदा जिब्रो काटिएका शेर बहादुर देउवा प्रतिपक्षी दलको सभापति हुनुहुन्छ ।
तिनै शेर बहादुर देउवाका कार्यकर्ता हौं हामी,त्यसकारण भ्रस्टाचार बिरुद्धको अभियान चलाइरहेका ज्ञानेन्द्र शाही लाई यो पवित्र भुमी कास्की जिल्लामा निर्धक्कका साथ प्रवेश गर्न अनुरोध गर्दछौं ।
जय नेपाल ।