Tuesday, January 26, 2021
Home > mophosala > शान्ति शुरक्षार्थ खटिने नेपाली सेनाकाे भत्ता ८५ अमेरिकी डलरले वृद्धि

शान्ति शुरक्षार्थ खटिने नेपाली सेनाकाे भत्ता ८५ अमेरिकी डलरले वृद्धि

काठमान्डाै । दन्दले ग्रस्त तथा हिंस्रक गतिविधि हुने अधिकांस देशहरुमा नेपाली सेना शान्ति शुरक्षार्थ खटिने गरेकाे छ । उक्त कार्यमा संगलग्न हुने नेपाली सेनाकाे खाईपाई आयकाे सेवाशुविधामा फेरबदल हुने भयकाे छ । सैनिकहरूले पाउँदै आयकाे भत्तामा प्रतिमहिना ८५ अमेरिकी डलर (साढे ९ हजार बढी रुपैयाँ) वृद्धि गर्ने निर्णय सेनाले गरेको हो।

सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको सोमबारको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको एक हजार २९ अमेरिकी डलर भत्तामा ८५ डलर थप गरी प्रतिमहिना एक हजार ११४ अमेरिकी डलर (१ लाख २७ हजार रुपैयाँ) कायम गर्ने निर्णय गरेको हो।

बैठकले गणको नेतृत्व गर्ने गणपति प्रमुख सेनानीले पाउने भत्तामा भने २१ डलर वृद्धि गरेको छ। प्रमुख सेनानीले यसअघि एक हजार ३७८ अमेरिकी डलर भत्ता पाउने गरेका थिए। अब एक हजार ३९९ अमेरिकी डलर पाउनेछन्।

वृद्धि गरिएको भत्तादर असोज १४ (अक्टुबर १) देखि लागू हुने नेपाली सेनाले जनाएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा अहिले ११ देशका १२ मिसनमा ५ हजार ९५ जना सैनिक शान्ति सैनिकका रूपमा कार्यरत छन्।

विश्वका ४३ वटा मिसनमा  अहिलेसम्म लाख २७ हजार ३९० जना नेपाली सैनिक गएका छन्। द्वन्द्वग्रस्त मुलुकमा  शान्ति स्थापनामा खटिएक ६५ जना नेपाली शान्ति सैनिक ज्यान गुमाएका छन् भने ६६ जना गम्भीर घाइते भएका छन्।

शान्ति सैनिकमा योगदान गरेबापत् संयुक्त राष्ट्र संघबाट नेपाली सेनाले पाउने रकमबाट सैनिक कल्याणकारी कोष स्थापना भएको हो।  २०३२ सालमा एक करोड २४ लाख रुपैयाँ राखेर स्थापना भएको कोषमा अहिले ४४ अर्ब रुपैयाँ छ। ठूलो संख्या शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल अहिले पाँचौं नम्बरमा छ।

Leave a Reply