काठमान्डाै । आाज विहान देखि परेकाे पानि र अतेन्तै खराब मौसमका कारण आधा दर्जन बढी हेलिकप्टरहरुले आकस्मिक अवतरण गरेका छन्। काठमाडौंकाे त्रीभुवन अन्तराष्ट्रिय विमानस्थलमा आईरहेका हेलिकप्टरहरु काभ्रे,सिन्धुली जिल्लाका विभिन्न ठाउँमा आकस्मिक अवतरण गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार मौसम प्रतिकुल भएपछि एकैपटक धेरै हेलिकप्टर अनुकुल ठाउँमा अवतरण गरेका हुन्। उनका अनुसार हेलिकप्टर तथा यात्रुलाई भने केही भएको छैन।
‘काठमाडौं आउँदै गरेका ८ वटा हेलिकप्टर विभिन्न ठाउँमा अवतरण गरेको हामीले सूचना पाएका छौं। यसबाट कुनै पनि क्षति भएको छैन। मौसममा सुधार भएपछि ती हेलिकप्टर उड्छन्’ तिवारीले भने।
गएको केहीदिनदेखिको मौसमी प्रतिकुलताले लुक्ला उडान प्रभावित हुँदै आएको छ। लुक्लामा नियमित जहाज उडान नभएपछि हेलिकप्टरको चाप धेरै देखिएको छ।
सोही क्रममा आज काठमाडौंको मौसम खराब भएपछि हेलिकप्टर आकस्मिक अवतरण गरेको विमानस्थलका अधिकारीहरुले बताएका छन्।